नेभिगेशन
समाज विविध

तन्नेरी भए ‘बेबी किङ’, अमेरिकाबाट आइपुगे ज्ञानेन्द्रका नाती हृदयेन्द्र शाह

काठमाडौं– राजपरिवारका पछिल्लो पुस्ताका तन्नेरी हृदयेन्द्र शाह शनिबार काठमाडौं आइपुगेका छन्।

अमेरिकाको बोस्टनमा उच्च शिक्षाका लागि बसेका उनी विदा मनाउन आएका हुन्। 

शनिबार बिहान ८ बजे उनी काठमाडौंमा उत्रिएका राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए। 

अन्तिम राजाका रुपमा रहेका ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह २३ बर्षका भएका छन्। लोकतान्त्रिक आन्दोलनका बेला बालख रहेका उनी अहिले तन्नेरी भएका छन्।

497884692_9863296103709717_1692669540559283909_n-1747459589.jpg
कतिपयले उनलाई राजसंस्था फर्किँदा राजाका रुपमा स्थापित हुने पनि अनुमान गरेका थिए। 

तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भनेका थिए– राजतन्त्र हुन ‘बेबी किङ’ राख्न सकिन्छ भनी हृदयेन्द्रमाथि नै संकेत गरेका थिए।

भर्खरै जनआन्दोलन सम्पन्न गरी लोकतन्त्र घोषणा भएका बेला राष्ट्र प्रमुखकै हैसियतमा रहेका कोइरालाको वक्तव्यको तिव्र आलोचना भएको थियो।

यहाँसम्मकी वात्स्यानले ‘सिनो राजतन्त्र’ बोकेको कार्टुन बनाए जसले निक्कै चर्चा र बहस सृजना गरेको थियो। कोइरालाको उक्त घोषणाताका हृदयेन्द्र ३ वर्षका थिए । तर, अहिले जवान भइसकेका छन्।

498131753_9863295827043078_8218246437637012941_n-1747459614.jpg
उनको विषयलाई लिएर केही समयअघि गरेको टिप्पणीका कारण अभिनेत्री सुरक्षा पन्त विवादमा परेकी थिइन्। तर, हृदयेन्द्रले सामाजिक सञ्जालमार्फत अमेरिकाबाटै सबैलाई आफ्नो धारणा राख्ने अधिकार रहेको प्रतिक्रिया जनाएका थिए। 

जेठ १५ गतेदेखि राजावादीले आह्वान गरेको आन्दोलनसँग हृदयेन्द्रको आगमनको कुनै पनि सम्बन्ध नरहेको पनि बताइएको छ। निर्मल निवास स्रोतले भन्यो,‘उहाँ नितान्त विदा मनाउन घर आउनुभएको हो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध