नेभिगेशन
समाज विविध

आर्थिक सुशासन कायम गर्न सरकारसँग माग

काठमाडौँ– नेपाली कांग्रेसका सांसद धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरे । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिएसँगै आर्थिक बेथितिबाट आक्रान्त भएको बताए ।

उनले आर्थिक संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्न ठुल्ठुला भ्रष्टाचार काण्डको छानबिन हुन आवश्यक रहेको बताए ।

त्यस्तै, नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय सरकारलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिइन् । 

उनले ७५३ वटा स्थानीय तहले वार्षिक इन्धन खर्च मात्रै करिब ६० देखि ७० लाख रुपैयाँ औसतमा खर्च गरिरहेको बताइन् ।

उनले इन्धन खर्चको विकल्पमा विद्युतीय सवारी प्रयोगमा ल्याउन सके वार्षिक ४ खर्ब रुपैयाँ बचत हुने बताइन् । 

उनले यसरी बचत भएको रकम विकास खर्चमा प्रयोग गर्न सकिने बताइन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध