केपी ओली कप : पेनाल्टीमा एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनल

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –पेनाल्टी सुटआउटमा न्यूरोड टिम (एनआरटी)लाई ५–४ को नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

भारतीय फरवार्ड लालमिन्जामाले ३२औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १–० ले पछि परेको आर्मीले ५३औं मिनेटमा गोल फर्काएको थियो । 

आर्मीले बिहीबार भएको उद्घाटन खेलको विजेता सातदोबाटो युथ क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । सातदोबाटो विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्