सिंहदरबारमा सहज प्रवेशको रुलिङ गर्न माग

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आमसर्वसाधारणलाई सहज रूपमा प्रवेश दिनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन् । उनले सांसदहरू र उनीहरूका आफन्तहरू मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे ।

‘हामी सांसदहरू, मन्त्रीहरू सिंहदरबारको दक्षिण गेटबाट ओहोरदोहोर गर्छौं, जनताहरू बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरू सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्