सवारी दुर्घटनामा ११ जनाको मृत्यु

शुक्रबार, फागुन १२, २०७९

नयाँदिल्ली– मध्य भारतको भारतको छत्तिसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

छत्तिसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति मालसामान बोकेको ट्रक र पिकअप भ्यान आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् । 

‘हिजो राति भएको सडक दुर्घटनामा ४ जना बालबालिकासहित ११ जनाको ज्यान गएको छ, घाइते १० जनालाई रायपुर अस्पताल भर्ना गरिएको छ,’ वरिष्ठ प्रहरी अधिकारी सिद्धार्थ बघेलले सञ्चारमाध्यमलाई भने । 

पीडितहरू अर्जुनी क्षेत्रमा पारिवारिक कार्यक्रममा गएर घर फर्किरहेका थिए । 

दुर्घटनाका सम्बन्धमा मुद्दा दर्ता गरिएको तथा त्यसको कारण पत्ता लगाउन प्रहरीले आदेश दिएको छ ।

भारतमा सडक दुर्घटनाहरू सामान्य मानिन्छन् । अधिक भार बोकेका सवारीसाधन, जीर्ण सडक र लापरबाहीपूर्वक सवारी हाँक्दा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् ।

एक तथ्यांकअनुसार भारतमा हरेक वर्ष हुने ५ लाख सडक दुर्घटनामा करिब १ लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार