एसपी रमेश बस्नेत अदालतको अवहेलना मुद्दामा दोषी ठहर

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– अदालतको अवहेलना मुद्दामा नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश बस्नेत दोषी ठहर भएका छन् । 

७ वर्षअघि दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा बिहीबार सर्वोच्चले फैसला गरेको हो ।

ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले तत्कालीन अनुसन्धान अधिकृत बस्नेत र काठमाडौँ प्रहरी परिसरले अदालतको अवहेलना गरेको ठहर गरेको हो ।

जगतमाया श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले बस्नेत र काठमाडौँ प्रहरीलाई प्रतिवादी बनाएर २०७२ असार ४ गते अदालतको अवहेलना सम्बन्धमा मुद्दा दर्ता गरेका थिए ।

बस्नेत हाल एसपी छन् । २०७२ सालमा बस्नेत मुद्दा फाँटको डिएसपी थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्