अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ । 

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ । 

करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्