नेभिगेशन
समाज विविध

उपप्रधानमन्त्री पौडल भारत प्रस्थान

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । 

जी २० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने छन् । 

अर्थमन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् । 

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।  

जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्र छन् । अर्थमन्त्री पौडेल फागुन १३  गते स्वदेश फर्कने कार्यक्रम छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध