त्रिविमा शुक्रबार बिदा

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –त्रिभुवन विश्वविद्यालयले शुक्रबार शोक बिदा दिएको छ । बुधबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्रा. चुडाराज उप्रेतीको निधनको शोकमा शुक्रबार बिदा दिने निर्णय गरेको हो । उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।

त्रिविका अनुसार शुक्रबार त्रिवि केन्द्रीय कार्यालयलगायत सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरु बन्द रहने छन् । यद्यपि, पूर्वनिर्धारित परीक्षाहरु भने नरोकिने त्रिविले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्