स्पेनका प्रधानमन्त्री किभमा [भिडियाेसहित]

बिहीबार, फागुन ११, २०७९

म्याड्रिड– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु १ दिन अघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार किभको यात्रा गरेका छन् । 

‘युक्रेनमा युद्ध सुरु भएको आज १ वर्ष पूरा हुँदै छ,’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियोसहित ट्विट गरेका छन् ।

‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,’ उनले स्पेनिस भाषामा ट्विट गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार