स्पट फिक्सिङका आरोपित तीनै जनालाई धरौटीमा छाड्न आदेश

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तिनै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालत प्रशासनका अनुसार पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो । 

काठमाडौंको कीर्तिपुरमा गत पुस ९ देखि २७ मा भएको नेपाल टी–२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा सीआईबीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्