सर्वसाधारणले कहिले पाउँछन् धरहरा चढ्न ? [तस्बिरसहित]

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– २०७८ सालको वैशाख ११ गते भव्य तामझामसहित धरहराको उद्घाटन भयो । ‘मेरो धरहरा, म आफैँ बनाउँछु’ अभियान चलाएर शिलान्यास गरेका केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा नै धरहराको उद्घाटन गरेको जस लिने काम गरे । 

धरहरा बनेर सकिन धेरै काम बाँकी हुँदा नै उनको रहरमा धरहरा उद्घाटन भएको शंखघोष भए पनि सर्वसाधारणले अहिलेसम्म धरहरा चढ्न पाएका छैनन् ।

धरहरा बनाउने जिम्मेवारी पाएको जिआइइटिसी/रोमन जोइन्ट भेन्चर कम्पनीले अझै १ वर्ष जति समय लाग्ने बताएको छ । 

dharaharaa (17)1677130292.jpg

कम्पनीलाई दिएको समय पुसमा सकिएको छ । उद्घाटन भएको २ वर्ष पुग्न केही महिना बाँकी रहँदासम्म धरहरा पूरा गर्न थप समय माग गर्न लागिएको प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले जानकारी दिए ।

जिआइइटिसी/रोमन जेभी कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर रहेका नकर्मीले पुस मसान्तसम्म नै धरहरा चढ्न सक्ने गरी बनिसक्ने यसअघि नै सिएन नेपालसँगको कुराकानीमा भनेका थिए ।

dharaharaa (16)1677130292.jpg

तर, उनले भनेको र काठमाडौँ महानगरले दिएको समयावधि सकिएपछि अझै १ वर्षको समय माग्ने तयारी भइरहेको उनको भनाइ छ । 

ढिला हुने कारण धेरै 

नकर्मीका अनुसार थुप्रै कारणले धरहरा क्षेत्रको निर्माणमा समस्या परेको छ । धरहरा क्षेत्रभित्र पर्ने सुन्धारा पनि निर्माण गर्नुपर्ने र त्यसको पुरातत्व जोगाउन स्थानीयले बेलाबेलामा काम नै रोक्ने गरेका छन् । 

प्रोजेक्ट म्यानेजर नकर्मीका अनुसार केही समय गिट्टी बालुवा नपाएर पनि काम रोक्नुपरेको थियो । अहिले काम धमाधम भइरहेको छ । 

dharaharaa (13)1677130292.jpg

‘हामीले पाएको समय पुसमा सकियो, अब थप समय कति पाइन्छ भन्ने हो, अहिलेसम्मको अवस्था हेर्दा १ वर्ष अझै लाग्ने अनुमान गर्न सकिन्छ,’ नकर्मीले भने । 

२०७८ सालको वैशाखमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेपछि काम चाँडै सकिने धेरैको आशा भए पनि उद्घाटन गरेको २ वर्ष पुग्नै लाग्दासमेत अझै धरहराको काम बाँकी छ ।

‘सायद प्रधानमन्त्रीज्यूलाई त्यतिबेला उद्घाटन गर्नु नै पर्ने थियो होला । त्यसैले गर्नुभयो । काम हुन अझै पनि बाँकी छ,’ नकर्मीले भने । 

dharaharaa (14)1677130292.jpg

२०७२ सालको भूकम्पले पुरानो धरहरा ढालेपछि नयाँ धरहरा बनाइएको हो । ११ तले धरहरा २०७२ सालको वैशाख १२ गते गएको भूकम्पले भत्काएको थियो । अहिले २२ तलाको नयाँ धरहरा बनाइएको हो ।

धरहराको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भए पनि प्राधिकरणको म्याद सकिएपछि अहिले सहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेको छ ।

dharaharaa (15)1677130292.jpg

धरहराको बाहिरी र भित्री रूपमा तयारी भइसकेको छ, जमिनमुनि बनाइएका संरचनाको काम बाँकी छ । धरहराभित्र रहेको ३ तलाको अन्डरग्राउन्ड पार्किङमा अहिले वायरिङको काम भइरहेको छ । २२ धारा निर्माण भइसकेका छन् भने धरहराको अन्डरग्राउन्डमा लिफ्ट राख्ने काम र काठले फर्निसिङको काम भइरहेको प्रोजेक्ट म्यानेजर नकर्मीले जानकारी दिए । 

धरहरा बाहिरबाट हेर्दा ११ तलाको मात्र देखिए पनि भित्रबाट २२ तलाको छ । जमिनमुनि २ तलाको भूमिगत संरचना रहने छ । त्यस्तै गजुरको भाग रहेको थप २ तला गरी समग्रमा धरहरा २५ तलाको रहेको नकर्मीले जानकारी दिए । 

dharaharaa (7)1677130291.jpg

जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिलाई चढ्न सहज होस् भनेर धरहराभित्र २ वटा लिफ्ट राखिएको छ ।

लिफ्टमा १ पटकमा १० जनाले यात्रा गर्न सक्ने नकर्मीले जानकारी दिए । धरहरामा फलामको भर्‍याङ पनि जडान गरिएको छ ।

dharaharaa (8)1677130291.jpg

धरहराबाट उपत्यकाको दृश्यावलोकन गर्न २०औँ तलाबाहिर साढे २ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ ।

धरहरामुनिको २ तले भूमिगत संरचनामा २ वटा ‘विद्युतीय स्वचालित भर्‍याङ’ बाट तल–माथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।

यस्तो छ धरहराको इतिहास 

१८८२ मा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । १९१३ मा चट्याङले भत्केपछि १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

dharaharaa (9)1677130291.jpg

१९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई ९ तलामा सीमित गरिएको थियो ।

dharaharaa (10)1677130291.jpg

dharaharaa (11)1677130291.jpg

dharaharaa (12)1677130291.jpg

dharaharaa (3)1677130290.jpg

dharaharaa (4)1677130290.jpg

dharaharaa (5)1677130290.jpg

dharaharaa (6)1677130290.jpg

dharaharaa (1)1677130289.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्