डिआइजी सिंहद्वारा पदबाट राजीनामा

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । 

सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन् । उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो ।

उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही विषयमा उनले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन । 

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताए । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्