नेपाललाई सुरुवातमै २ झड्का

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालले सुरुवातीमै २ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले ६.६ ओेभरमै २ विकेट गुमाएको हो । १९ रन बनाएको अवस्थामा नेपालले विकेट गुमाएको हो ।

नेपालका ओपनरद्वय कुशल मल्ल १ र आसिफ शेख १२ रन बनाएर आउट भएका हुन् । 

स्कटल्यान्डले नेपालका २१३ रनको मध्यम लक्ष्य दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्