स्कटल्यान्डले दियो नेपाललाई २१३ रनको लक्ष्य

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई २१३ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न पहिलो पारीमा स्कटल्यान्डले ४६.१ ओभरमै सबै विकेट गुमाएर २१२ रन बनाएको छ ।

नेपालका बलरहरूले उच्च प्रदर्शन गरेपछि स्कटल्यान्ड मध्यम स्कोरमा समेटिएको हो। विशेषगरी, नेपालका लागि सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन आज पनि जारी राखे । उनले सर्वाधिक ४ विकेट लिए । ९ ओभर बलिङ गर्दा ४५ रन खर्चिएर उनले ४ विकेट लिएका हुन् । 

यस्तै, करण केसीले ३, कुशल मल्ल, ललितनारायण राजबंशी र कुशल मल्ले समान १ विकेट लिए । 

केहीबरेपछि नेपालले ब्याटिङ गर्ने छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्