नेपालले स्कटल्यान्डका ८ विकेट झार्‍यो

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी अन्तिम खेलमा नेपालले स्कटल्यान्डका ८ विकेट लिएको छ ।

आठौं विकेट करण केसीले लिएका हुन् । यसअघि पनि उनले १ विकेट लइसकेका थिए ।

८ मध्ये ४ विकेट सन्दीप लामिछानेले लिएका हुन् । ८ ओभर बलिङ गर्दा ३९ रन खर्चिएर उनले ४ विकेट लिएका हुन् । 

अर्को १ विकेट भने कुशल मल्लको नाममा छ । 

स्कटल्यान्डले सातौँ विकेट गुमाउँदा ३८.५ ओभरमा १९६ रन बनाएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्