नेभिगेशन
खेलकुद

बैतडीमा राष्ट्रपति रनिङ शिल्ड फागुन १२ देखि 

बैतडी– बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १२ गतेदेखि १४ गतेसम्म  श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको छ ।  खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति तय भएको जानकारी दिए ।  

यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा भएको जनाएको छ ।  हाल जिल्लाका विभिन्न स्थानीय तहहरूमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा छन् ।

पालिकास्तरबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए ।

स्थानीय तहहरूमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगातयका खेल खेलाइनेछन् ।  

विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद