लगातार ३ खेल जितेको नेपाल आज स्कटल्यान्डसँग खेल्दै

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार ३ खेल जितेर उच्च मनोबल बनाएको नेपाल आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै छ । 

खेल नेपाली समयअनुसार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । 

जारी सिरिजमा खेलेका तीनवटै खेल नेपालले जितेको छ । पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा बलियो मानिएको स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्यो ।

यस्तै, तेस्रो खेलमा नामिबियालाई पनि ३ विकेटले नै हरायो । हरेक खेलमा २७५ भन्दा बढीको लक्ष्य पनि हासिल गर्दै जित निकालेपछि नेपालको मनोबल उच्च छ । आज पनि जितकै लागि मैदानमा उत्रने छ । कम्तीमा एकदिवसीय मान्यता जोगाइराख्न पनि नेपाललाई जितको विकल्प छैन ।

क्रिकेट विश्वकप लिग– २ उपाधि भने स्कटल्यान्डले जितिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्