फिलिपिन्समा अच्चमको कानुन, अरूलाई रिस उठाए १० हजार जरिमाना र ३० दिन जेल !

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– रिसले बनेको काम पनि बिगार्छ । कसैकसैलाई त रिसले यस्तो बनाउँछ कि उनीहरू ‘जे गर्न पनि’ पछि पर्दैनन् । नातासम्बन्ध रिसकै कारण अलग हुन्छन् । परिवार उजाडिन्छ ।

रिस उठेका बेला हृदयाघातसम्मको अवस्था सिर्जना हुन सक्ने एक अध्ययनले देखाएको छ । त्यसैले रिसाउने काम छोड्नु नै सबैका लागि फाइदाजनक हुन्छ । 

रिसविरुद्ध कुनै देशमा कानुन नै बनेको छ भन्दा तपाईँलाई पनि पत्यार नलाग्न सक्छ । तर, फिलिपिन्समा अरू कसैलाई रिस उठाउनु भनेको कानुनविरुद्ध हो । कानुनले रिस उठाउनेलाई फिलिपिन्समा छोड्दैन । फिलिपिन्समा कसैलाई रिस उठाउनु कानुनविपरीत हो । 

द सन्को रिपोर्ट अनुसार फिलिपिन्समा अरूलाई रिस उठाएकै भरमा ७५ पाउन्ड ९करिब १० हजार नेपाली रुपैयाँ० जरिमाना गरिन्छ । तपाईँले कसैलाई रिस उठाइदिनुभयो भने ढुक्क हुनुहोस् कि तपाईं १० हजार जरिमानामा पक्का पर्नुभयो । 

फिलिपिन्समा यो कानुन १९३० मा बनाइएको हो । त्यसबेला अरू कसैलाई बिनाकारण ‘परेसान’ गर्नु, रिस उठाउनु एक उत्पीडनको रूपमा हेरिन्थ्यो । सुरुआती दिनमा ३ पाउन्ड जरिमाना थियो भने ३० दिनसम्मको जेल सजाय पनि तोकिएको थियो । 

यस्तो कानुन बनेपछि संसारभरबाट आलोचना पनि भएको थियो । २०२० मा आएर कानुनमा केही फेरबदल गरिएको छ । २०२० पछि जानीबुझी कसैलाई रिस उठाइएको अवस्थामा मात्र यो कानुन सक्रिय हुने गराइयो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्