सहिद स्मारक ‘ए’ डिभिजन लिग : एनआरटीले गर्‍यो लालनुन्जामासँग अनुबन्ध

सोमबार, फागुन ८, २०७९

काठमाडौँ –आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी) ले भारतका लालनुन्जामा (नुन्जामा कोल्नी) लाई अनुबन्ध गरेको छ ।

एनआरटीले एफसी गोवाबाट समेत खेलिसकेका फरवार्ड लालनुन्जालाई दक्षिण एसियाली कोटामा अनुबन्ध गरेको हो । 

फागुन १९ गतेदेखि सुरु हुने लिग यस वर्ष डबल राउन्ड रोविन पद्दतिमा सञ्चालन हुँदैछ । लिगमा एनआरटीले फागुन २१ गते सातदोबाटो युथ क्लबविरुद्ध पहिलो खेल खेल्नेछ ।

लिगमा दुई नवप्रवेशी खुमलटार युथ क्लब र चर्च ब्वाइज युनाइटेडसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्