टस जितेर फिल्डिङ गर्दै नामिबिया

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले पहिले ब्याटिङ सुरु गरेो छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ । 

नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले हार बेहोरेको थियो ।

त्यस्तै तेस्रो खेलमा नामिबिया नेपाललैसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्याण्डले पनि नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ । विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । 

नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले मंगलबार घरेलु टोली नेपालसँग खेल्नेछ । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०९:५२
प्रतिक्रिया दिनुहोस्