टर्की–सिरिया भूकम्प : ११औँ दिनमा ४ जनाको उद्धार

शनिबार, फागुन ६, २०७९

काठमाडौँ –टर्कीमा शक्तिशाली भूकम्प गएको ११ दिनपछि पनि  भग्नावशेषबाट जिवितै उद्धार गरिएको छ ।

भूकम्प गएको ११ औं दिनमा ४ जनाको उद्धार गरिएको टर्कीका स्थानीय अधिकारीहरूले बताएका छन् । जिवितै उद्धारको सम्भावना सकिएको भन्दै भग्नावशेष पन्छाउने उपकरण प्रयोग गरिरहेको स्थानबाट उनीहरू जीवितै भेटिएका हुन् ।

हताए प्रान्तको डेफ्ने जिल्लाबाट २७८ घण्टापछि ४५ वर्षीय पुरुषको उद्धार गरिएको छ । यस्तै २५८ घण्टापछि २९ वर्षीय महिलाको पनि जीवितै उद्धार गरिएको छ । उनीसँगै १२ वर्षीय बालकको उद्धार भएको छ ।  यस्तै अन्तक्या प्रान्तमा २६० घण्टापछि पुरुषको उद्धार गरिएको छ । 

टर्की–सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ४४ हजार पुगेको छ । टर्कीमा मात्रै ३९ हजार ६७२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्