कस्तो रहला आजको मौसम ?

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

‘दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।’

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०६:३०
प्रतिक्रिया दिनुहोस्