राष्ट्रपतिद्वारा ३९५ जनाको कैद सजाय तथा जरिवाना माफी

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– सरकारले प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैद सजाय तथा जरिवाना मिनाहा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको कैद सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ । 

त्यस्तै, विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।

president house of nepal pr1676649681.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्