एमालेको ‘मिसन ग्रासरुट’ आजदेखि

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– नेकपा एमालेको मिसन ग्रासरुट अभियान आज सुरु हुँदै छ । 

गत माघ २६ गतेको पार्टीको स्थायी कमिटीको निर्णयबमोजिम अभियान सुरु हुन लागेको हो ।

जसका लागि एमालेले प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिम्मत कार्कीलाई खटाएको छ । 

यस्तै, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल खटिएका छन् । 

त्यस्तै, बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ छन् भने गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा खटिएका छन् । 

लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ । 

विशेष कमिटी ९केन्द्रीय कार्यालय० मा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा भीष्म अधिकारी छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सबै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०९:२३
प्रतिक्रिया दिनुहोस्