नेभिगेशन
समाज विविध

माछापोखरी घटना : छानबिन गर्न समिति गठन

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयले माछापोखरी घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका डिआइजी मसाउद आलम खाँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी सीताराम रिजालसमेत छन् ।

छानबिन समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

मंगलबार माछापोखरीमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका प्रहरी प्रमुख डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

ट्राफिक जरिवाना बढाएको विरोधमा यातायात मजदुरहरू आन्दोलनमा उत्रिएका थिए ।

यातायात मजदुरहरूले गाडीमा आगो लगाउनुका साथै एम्बुलेन्स तोडफोड र ल्होत्से मलको एक पसलमा चोरीसमेत गरेका थिए । पसलधनिका अनुसार उक्त पसलबाट करिब ८ करोड बराबरको सामान चोरी एवम् क्षति भएको छ । 

यस्तै, प्रहरीले गाडी जलाएको आरोपमा ६ जना र लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध