नेभिगेशन
समाज विविध

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

काठमाडौँ –ग्यास सिलिन्डर विस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा ८६ वर्षीया भण्डारीको मृत्यु भएको हो ।

बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा भण्डारी गम्भीर घाइते भएका थिए ।

कीर्तिपुर अस्पतालका अनुसार उनको बिहीबा बिहान १० बजेर ५७ मिनेटमा मृत्यु भएको हो ।

यता, सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कलाकार लक्ष्मी श्रेष्ठको निधन