नेभिगेशन
समाज विविध

३ कुलपतिले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौँ– नवनियुक्त ३ जना कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त ३ जना कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसरी शपथ ग्रहण गर्नेमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली छन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध