नेभिगेशन
समाज विविध

कमेडियन अपूर्वा क्षितिजले नेवाः समुदायलाई होच्याएको उच्च अदालतको पनि ठहर

काठमाडौं– नेवाः समुदायलाई होच्याएको विषयमा उच्च अदालत पाटनले पनि कमेडियन अपूर्वा क्षितिज सिंहलाई दोषी ठहर गरेको छ।

जिल्ला अदालत काठमाडौंले अपराध संहिता २०७४ को दफा १६५ अनुसार नेवाः सम्प्रदायको सामाजिक रिति र थितिमा असर गरेको, कला, संस्कृति र लवजलाई लिएर अपमान गरेको आदेशलाई उच्च अदालतले सदर गरेको हो। 

क्षितिजले उच्च अदालत पाटनमा जिल्लाको आदेशविरुद्ध रिट दिएका थिए। तर, उनको रिटमा सुनुवाई गर्दै जिल्लाको आदेशलाई नै सदर गरिएको छ।

०७९ सालमा कमेडियन क्षितिजविरुद्ध अदालतमा सिंहमान नवीन, पृथविन्दु महर्जनलगायतले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध