चिनियाँ प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता

बुधबार, फागुन ३, २०७९

बेइजिङ– चिनियाँ प्रधानमन्त्री ली खछ्याङले मंगलबार बेइजिङमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री लीले चीन र इरान दुवै प्राचीन सभ्यता भएको र आफ्ना जनताबीच मैत्रीपूर्ण भावना र विचार आदानप्रदानको लामो इतिहास रहेको बताएका छन् ।

चीनले २ देशबीचको सम्बन्धको विकासलाई ठुलो महत्त्व दिएको र इरानसँग पारस्परिक सम्मान र समान व्यवहार गर्न इच्छुक रहेको उनको धारणा छ । 

चीनले इरानसँग व्यावहारिक सहयोगको स्तर सुधार गर्ने दिशामा काम गर्न इच्छुक रहेको पनि बताउँदै लीले चीन–इरान बृहत् सहयोग योजना कार्यान्वयन गर्न, अर्थतन्त्र, व्यापार र अन्य क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न, उत्पादन निर्यातलाई पारस्परिक रूपमा विस्तार गर्न र त्यसको कार्यान्वयनलाई प्रवर्द्धन गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।

जनताको जीविकोपार्जनमा सुधार गर्न, कर्मचारी आदानप्रदान बढाउन र २ देशबीचको मित्रताको जनस्तरमा सुदृढ पार्ने पारस्परिक लाभकारी परियोजनाहरू अगाडि बढाउन पनि काम गर्ने उनले उल्लेख गरेका छन् । 

चीन र इरानबीचको मित्रतालाई उजागर गर्दै रायसीले इरान चीनसँगको सम्बन्ध थप विकास गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

उनले इरानले पारस्परिक सम्मान, पारस्परिक लाभ र जितको नतिजाका आधारमा २ देशको बृहत् सहयोग योजना कार्यान्वयन गर्न र विभिन्न क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन एवं द्विपक्षीय सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न इच्छुक रहेको बताए ।

यसैगरी इरानले अन्तरराष्ट्रिय मामिलाहरूमा चीनसँग सञ्चार र समन्वयलाई सुदृढ गर्न इच्छुक रहेको पनि उनले उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्