नेभिगेशन
सुरक्षा–अपराध

बालाजु वृत्तका डिएसपी फेरिए

काठमाडौँ– प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्टलाई रानीपोखरी वृत्त तानिएका छन् ।

सोमबारको घटनापछि उनलाई सरुवा गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । उनको ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी हिमालय कुँवर श्रेष्ठले संगठनको आवश्यकताअनुसार जिम्मेवारी हेरफेर गरिएको बताए ।

सोमबार यातायात मजदुरको प्रदर्शनका क्रममा डिएसी कुँवर चढ्ने गाडी र बसपार्कस्थित प्रहरी बिटमा समेत आगजनी भएको थियो ।

त्यस्तै बसपार्कस्थित ल्होत्से मलमा रहेका मोबाइल पसल र सुपरमार्केटमा समेत तोडफोड र लुटपाट भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ