टर्की–सिरिया भूकम्प : १९८ घन्टापछि महिला र ६ वर्षीया बालिकाको उद्धार [भिडियोसहित]

मंगलबार, फागुन २, २०७९

काठमाडौँ –टर्कीमा भूकम्प गएको १९८ घन्टा अर्थात ८ दिनपछि ७० वर्षीया महिला र ७ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ । भत्किएको एउटा ३ तले घरको भग्नावशेषबाट ७० वर्षीया महिला र अदियामानमा रहेको १ अपार्टमेन्टको भग्नावशेषबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि गाजियन्टेप प्रान्तमा पनि भूकम्प गएको १७० घन्टापछि ४० वर्षीय पुरुषको जीवितै उद्धार गरिएको थियो । भग्नावशेषमा पुरिएको लामो समयसम्म पनि जीवितै उद्धार हुनुलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चमत्कारिक घटना भनेका छन् । विज्ञहरूले भने भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानी र श्वास फेर्ने पहुँच, त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्ने बताउँछन् ।

यसैबीच टर्कीमा सोमबार गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेहरूको सङ्ख्या ३६ हजार नाघेको छ । टर्कीमा ३१ हजार ६४३ जना र सिरियामा ४ हजार ४१४ जना गरी ३६ हजार २५७ जनाको ज्यान गएको अलजजिराले जनाएको छ ।
 

turkey_earthquake_ct797UtTql1676359997.jpeg

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्