टर्की–सिरिया भूकम्प : ३४ हजार भन्दा बढीको मृत्यु

मंगलबार, फागुन २, २०७९

काठमाडौँ –टर्कीमा गत हप्ता गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ ।

भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी छ । मृतकको संख्या पनि बढिरहेको छ ।

भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा बढ्दै गएको हो । यद्दपी जीवित्तै उद्धार गर्ने सम्भावना भने टर्दै गएको उद्धारकमीहरुले बताएका छन् ।

उद्धारकर्मीहरूले टर्कीमा भूकम्प गएको १५० घण्टापछि १० वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन् ।

कठ्याङ्ग्रिने चिसोका कारण खोजी, उद्धार र पुनस्र्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ । सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरूले राहत पाउन सकेका छैनन् ।

उनीहरूलाई ओत लाग्ने त्रिपालको समेत अभाव रहेको छ । संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्