Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

सोमबार, फागुन १, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । 

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्वात्रा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइपुगेका हुन् । 

prachanda and kwatra21676295226.jpg

यस अघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । साथै, आजै परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग समेत शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसपछि उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्