नेभिगेशन
समाज विविध

चार दिनदेखि १० महिने छोरी लिएर कैलालीमा महिला बेपत्ता थिइन्, जंगलमा बालखसँगै मृत भेटिइन्

धनगढी– चार दिनदेखि बेपत्ता एक जना महिला १० महिने छोरीसहित कैलालीको गौरीशंकर सामुदायिक बनमा मृत फेला परेकी छन्।

कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

घोडाघोडी नगरपालिका–७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन्।

घटनाबारे अनुसन्धान थालेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध