नेभिगेशन
खेलकुद

कलैयामा मेयर कप क्रिकेट हुने

बारा– बाराको कलैयामा फागुन ९ गतेदेखि कलैया टी–२० मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । 

कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लबले कलैया मेयर टी–२० मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । 

सोमबार कलैयामा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगिताका बारेमा जानकारी गराएको छ । 

कलैयाको सिद्धेश्वरस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६ टिमले भाग लिनेछन् । 

प्रतियोगितको उपाधि विजेता टिमलाई नगद ६० हजारसहित ट्रफी र उपविजेता टिमलाई नगद ३० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द