इटालियन सिरी ‘ए’मा नेपोलीको जित

सोमबार, फागुन १, २०७९

काठमाडौँ –शीर्ष क्लब नेपोलीले इटालियन सिरी ‘ए’मा क्रेमोनेसलाई ३–० ले गोलले हराएको छ । जितपछि नेपोलीले शीर्ष स्थानमा १६ अंकको अग्रता लिन सफल भएको छ । 

आइतबार राति घरेलु मैदानमा नेपोलीले २२औँ मिनेटमा खिचा कारात्सेलियाको गोलबाट अग्रता लिएको थियो । ६५औँ मिनेटमा भिक्टर ओसिमहेनले नेपोलीको अग्रता दोब्बर बनाए । ओसिमहेनको लिगमा यो लगातार छैटौँ खेलमा गोल हो । जारी लिगमा १७ गोल गरिसकेका ओसिमहेनले २०२३ मा मात्र ८ गोल गरिसकेका छन् । ७९औँ मिनेटमा इलजिफ इलमसले तेस्रो गोल थपेका थिए । 

लिगमा नेपोलीको यो लगातार छैटौँ जित हो । जितपछि नेपोलीले २२ खेलमा ५९ अंक जोडेको छ । जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा १६ अंकले अगाडि हो । पराजित क्रेमोनेस ८ अंकका साथ पुछारमा छ ।

नेपोली १९९० पछि पहिलोपटक उपाधि जित्ने अभियानमा छ । 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्