श्रीलंकाका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

सोमबार, फागुन १, २०७९

काठमाडौँ –श्रीलंकाको सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको छ । औषधि, सर्जिकल उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलगायतका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको हो ।

त्यहाँका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले अत्यावश्यक एवम् अन्य किसिमका शल्यक्रिया स्थगित भएको घोषणा गरेका छन् ।

औषधि र स्वास्थ्य उपकरणको अभावलाई तत्कालै सम्बोधन गर्न नसके स्वास्थ्य अवस्था केही हप्ता भित्रै गम्भीर संकटमा पर्ने त्यहाँको मेडिकल एसोसिएशन र राष्ट्रिय व्यावसायिक चिकित्सा संघले चेतावनी दिएको छ । आर्थिक संकटको असर श्रीलङ्काको स्वास्थ्य क्षेत्रमा पनि पर्न थालेको छ ।

विदेशी मुद्राको भुक्तानी सन्तुलनको संकटका कारण श्रीलङ्काले सन् २०२२ देखि डाक्टरको अभावको सामना गरिरहेको छ । त्यहाँ औषधिको मूल्य पनि बढेको छ । श्रीलङ्काले कुल आवश्यकताको झण्डै ८५ प्रतिशत औषधि आयात गर्छ । तर, आर्थिक संकटका कारण आयात रोकिएको छ । 


 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्