विशिष्ट व्यक्तिको सवारी लोकतन्त्र अनुकूल भएन : सांसद पन्त

आइतबार, माघ २९, २०७९

काठमाडौँ– नेकपा (एमाले) का सांसद रघुजी पन्तले जनतालाई अप्ठ्यारो नपर्ने गरी विशिष्ट व्यक्तिहरूको सवारी गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले विशिष्ट व्यक्तिको सवारी लोकतन्त्र अनुकूल नभएको बताए । 
सवारीलाई खुकुलो बनाउन सुरक्षा संयन्त्रले नचाहेको भन्दै उनले यस समस्याको सामाधान राजनीतिक नेतृत्वबाटै खोज्नुपर्ने पनि बताए । राष्ट्रपतिको सवारीका क्रममा सुरक्षा प्रबन्ध गर्ने जिम्मा सरकारको भए पनि अनाहकमा राष्ट्रपतिले गाली खानुपरेको उनले बताए । सांसद पन्तले यस विषयमा गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्