बाग्मती प्रदेशमा भोलि सार्वजनिक बिदा

आइतबार, माघ २९, २०७९

हेटौँडा –बाग्मती प्रदेश सरकारले सोमबार १ फागुनमा सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसैबीच पाँचथरको फालेलुङ गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’को दिन १ फागुनमा गाउँपालिकाभरी सार्वजनिक दिने भएको छ । 

गाउँ कार्यपालिकाको बैठकले सोमबार पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्