नेभिगेशन
समाज विविध

हिमालमा हिमपात, तराईंमा हावाहुरीको सम्भावना

काठमाडौँ–  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ जसका कारण प्रदेश १, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो देशका  पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपराह्नतिर हावाहुरी लाग्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १ को पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध