Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँको वनमा मानव अस्थिपञ्जर फेला

शनिबार, माघ २८, २०७९

दमौली– तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा आज एक मानव अस्थिपञ्जर फेला परेको छ । 

सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ । 

टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । लिङ्ग पहिचान नभएको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए । 

‘स्थानीयवासीबाट जानकारीमा आएपछि मुचुल्का गरेर अस्थिपञ्जर ल्याएका छौँ, यसबारे अनुसन्धान गरेका छौँ’, उनले भने ।

घटनास्थलमा प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्