एमालेले तोक्यो इन्चार्ज

बिहीबार, माघ २६, २०७९

काठमाडौँ –एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई तोकेको छ ।

यसअघिका इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकाले उनको ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो ।

बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले गौतमलाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी दिएको हो ।

यस्तै, एमाले बैठकले रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई चयन गरेको छ । यसअघि उक्त पदमा घनश्याम भुसाल थिए । भुसाल एमाले परित्याग गरेपछि सो स्थान रिक्त रहेको थियो ।

यस्तै, अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ चयन भएका छन् । रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएपछि रिक्त रहेको धनुषा इन्चार्जमा शीला यादवलाई जिम्मेवारी दिने निर्णय सचिवालयले गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्