एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने

बिहीबार, माघ २६, २०७९

काठमाडौँ –नेकपा एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ अभियान सन्चालन गर्ने भएको छ ।

एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ अभियान सन्चालन गर्ने निर्णय गरेको छ । 

एमालेले फागुन र चैत गरी २ महिनासम्म यो अभियान सन्चालन गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सचिवालय बैठक सकिएपछि पत्रकार सम्मेलनमा  ज्ञवालीले विभिन्न ११ ओटा कार्यदेश तोकेर सबै केन्द्रीय सदस्यहरूलाई गाउँ तहसम्म पठाउने र पुराना नेता तथा कार्यकर्ताको सम्मान, सदस्यता नविकरण, वितरण, जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका कार्यक्रम गरिने बताए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्