आजदेखि परासीमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध

बिहीबार, माघ २६, २०७९

काठमाडौँ –बुटवल–बर्दघाट प्रसारण लाइनमा बिहीबारदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विद्युत प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।

प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र रुपन्देहीको मैनहिया सब स्टेशनहरूबाट सञ्चालित बुटवल औद्योगिक क्षेत्रका उद्योग, कलकारखाना तथा घरेलु उपभोक्ताहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

यसबाट उद्योगको उत्पादन र मजदुरको रोजगारी प्रभावित हुने बुटवल औद्योगिक क्षेत्र उद्योग संघले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार