चरित्र हत्या भएको भन्दै करिश्मा गइन साइबर ब्युरो

बुधबार, माघ २५, २०७९

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले आफ्नो चरित्र हत्या गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजरी दर्ता गरेकी छिन् । 

मानन्धरले दिएको उजुरीमाथि अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ । 

आफ्नो नाम जोडेर विभिन्न सञ्चार माध्यम र युट्युबमा अन्तर्वार्ता दिँदै चरित्रहत्या गरेको मानन्धरले दिएको उजुरीमा उल्लेख छ ।

चरित्र हत्या गरेको उजुरी प्राप्त हुनासाथ अनुसन्धान सुरु भएको साइबर ब्युरोका एक अधिकारीले बताए ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
...त्यसैले त करिश्मा
बुधबार, माघ २५, २०७९