अर्थमन्त्री पौडेललाई भेटेर यूएसएआईडी प्रमुखले दिइन् एमसीसी कार्यान्वयनमा जोड

बुधबार, माघ २५, २०७९

काठमाडौँ –उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा बुधबार भएको भेटमा सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।

२ दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी सामन्थाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर बुधबार स्वदेश फर्किने कार्यक्रम छ । अमेरिका फर्किनुअघि साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्दैछिन् ।

अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी सामन्था अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारीसमेत हुन् ।


 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्