साफ यू–२० महिला फुटबलको फाइनलमा भोलि नेपाल र बंगलादेश भिड्ने

बुधबार, माघ २५, २०७९

काठमाडौँ –बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा बिहीबार हुँदैछ । बिहीबार नेपालले आयोजक बंगलादेशको सामना गर्ने छ ।

समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।

मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

चार टोली सहभागी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको समूह चरण राउण्ड रोबिन लिगको आधारमा खेलाइएको थियो । ३ खेलबाट ७ अंक जोड्दै बंगलादेश समूह विजेता बन्यो भने ६ अंक जोडेको नेपाल दोस्रो भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्