टर्की भूकम्प : चिनियाँ उद्धार टोली टर्की प्रस्थान

भूकम्पमा परी पाँच हजार मानिसको मृत्यु, हजारौँ घाइते
मंगलबार, माघ २४, २०७९

बेइजिङ–चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा तुर्किएका लागि प्रस्थान गरेको छ ।

बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।

बेइजिङ फायर एण्ड रेस्क्यू कोप्र्स, नेसनल भूकम्प रेस्पोन्स सपोर्ट सर्भिस र बेइजिङस्थित आपतकालीन जनरल अस्पतालका कर्मचारीहरू मिलेर बनेको टोलीले उद्धारका उपकरण र सामग्री बोकेको थियो ।

टर्किए र छिमेकी सिरियाका केही भागमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्