मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

मंगलबार, माघ २४, २०७९

भक्तपुर–भक्तपुरको सुर्यबिनायक नगरपालिका –९ पलासेमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । 

बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–००१च ०४११ नम्बरको गाडीले  ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपाका  १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका न्यौपानेलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्